काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै पत्रकारहरुले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याएको बताउनु भएको हो ।

अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको समेत बताउनु भयो ।

उहाँले  आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

शुभकामना जस्ताको त्यस्तै