काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान बमोजिम चुनावको मितितोक्ने बारे छलफल अघि बढेको बताएका छन्। निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले भने गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छ। हामी चुनावबाट अत्तालिएका छैनौं।’ उनले गठबन्धन नटुट्ने बताए। सत्तारुढ बाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने भन्दै चुनाव जहिले भएपनि आफूहरु नआत्तिआएको बताए। नेता नेपालले भने, ‘दक्षिणपन्थी शक्तिहरू चुनावसँग आत्तिएर भ्रम छर्न थालेका छन्। गठबन्धन तोड्न चाहनेहरु आत्तिएका होलान्।’

