काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
मन्त्री यादवले साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मुलुकी अपराध संविधान ०७४ बमोजिम नेपाल प्रहरीमा जाहेरी दिनु भएको हो । मन्त्री यादवले गत माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिले दुई समुदायबीच साम्प्रदायिक द्वन्द्व फैलाउन मद्दत पुगेको नेता कर्णको दाबी छ ।
उहाँले आजै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न माग समेत गर्नुभएको छ ।
मन्त्री यादवले भने यसअघिनै विज्ञप्तिमार्फत आफूले कोही व्यक्तिप्रति लक्षित गरेर अभिव्यक्ति नदिएको र आफ्नो अभिव्यक्तिलाई लिएर भ्रम फैलाइएको दाबी गर्नुभएको थियो ।००००

