काठमाडौं । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गरिने भएको छ ।

भोली बस्ने प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले सवाधी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरेको छ ।

त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीड लागेको भन्दै गुनासोहरू आइरहेका थिए।काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले भने यसबारे मिश्रित प्रतिक्रियाहरू आएको र आफूहरुले पनि अनुगमन गर्नेजानकारी दिनुभयो ।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने बताउनुभयो ।

तर जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा पुगिनसकेकोले आज र भोलीसम्मको अवस्था हेरेर थप निर्णय लिनेउहाँको भनाई छ ।००००