विराटनगर। राष्ट्रिय  सभा निर्वाचनमा प्रदेश १ बाट नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

शेर्पा अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका थिए, उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे भने निकटम प्रतिद्वन्दी राईले ४ हजार ३६८ मत प्राप्त गरेका छन्।