काठमाडौं। राष्ट्रिय सभाका रिक्त रकेको १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगले सात वटै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन्। उनका अनुसार सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्। प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको छ। सातै प्रदेशका कूल २ हजार २५ मध्ये २ हजार ७ मतदाताले मतदान गर्नुभएको छ ।
मतदान सकिएको र केही समयमा मतगणना प्रारम्भ हुने छ।

