काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्र र जनताको सरोकारका सवालमा सरकार अनुत्तरदायी रहेको टिप्पणी गरेको छ ।

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराले आज एक विज्ञप्त जारी गर्दै महँगी, कोरोना नियन्त्रण, जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित भएको टिप्पणी गर्नु भएको हो ।

कोरोना संक्रमणको बढ्दो जोखिमका कारण तत्काल परिषद्लाई पूर्णता दिन नसकिएको उहाँले बताउनुभयो । बोहराले महामारी फैलिरहेको यो अवस्थामा जमघट, भेला वा बैठकहरू गर्न असम्भव रहेको बताउनुभयो ।

सल्लाहकार परिषदको बैठक बसी सपथग्रहण गर्ने र तत्सम्बन्धी अरू कामहरू पनि प्रभावित भएको भन्दै परिस्थिति हेरेर छरितो शैलीमा बैठक आयोजना गरी थाती रहेका काम गर्ने उहाँको भनाइ छ ।००००