काठमाडौं। निर्वाचन आयोगले राजनीतिक पार्टी राप्रपा नेपाललाई पत्रचार गर्दै पार्टीको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाउन पत्राचार गरेको छ। आयोगले ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन पत्र काटेको हो।

आयोगले राप्रपा नेपाललाई गत माघ २ गते पत्र काट्दै राप्रपालाई यस्तो आग्रह गरेको हो। निर्वाचन आयोगले पत्रचार गर्दै नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी राप्रपाको विधानको प्रस्तावको बुँदा नं.४ मा उल्लेखित वाक्याङ्स "सनातन हिन्दुराष्ट्र एव राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न" संविधानको प्रस्तावना र भावनको प्रतिकुल देखिएकाले हटाउन भनेको हो।