प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। शुक्रबार गठबन्धनका नेता र प्रधानमन्त्रीको सचिवालयले सर्वदलिय बैठक बोलाएको बताएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने कतिपयले आँकलन गरेका छन्। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकका लागि बोलाइएको थियो।