काठमाडौै। सत्ता गठबन्धनका पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। गठबन्धनको शुक्रबार बसेको बैठकमा उनीहरू स्थानीय तहको निर्वाचन पहिले गर्न सहमत भएका हुन्।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार स्थानीय तहको निर्वाचन पहिले गर्न सहमत भएपनि कहिले निर्वाचन गर्ने भन्ने मितिका विषयमा सहमति जुट्न सकेको छैन। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकले संंवैधानिक प्रावधानअनुसार नै निर्वाचनका लागि अघि बढ्ने निर्णय गरेको हो । तर, कहिले र कुन मितिमा निर्वाचन गर्ने भन्ने विषयमा भने गठबन्धनमा अझै सहमति जुटेको छैन ।

