काठमाडौं । भाेलि (सोमबार) अपरान्ह ३ बजे बस्ने गरी डाकिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अवस्थामा संसद सचिवालयले आइतवार सूचना निकालेर बैठक स्थगित गरेको हो।
सोमबार दिउँसाे १ बजेका लागि डाकिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचनामा जनाइएकाे छ ।
यसअघि गत पुस २७ गतेका लागि डाकिएको बैठक पनि स्थगित गरेर सोमबारका लागि सारिएको थियो।
त्यसअघि पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक पनि विशेष कारण देखाउँदै रोकिएको थियो।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) अब अर्को सूचना जारी नभएसम्म बैठक बस्न नसक्ने जानकारी संसद सचिवालयका महासचिव डा भरतराज गौतमकाे भनाइ छ ।


