काठमाण्डौ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।
आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो । सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उहाँले बताउनुभयो । बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ राजनितिक दलहरुलाई निमन्त्रणा गरिएको छ ।
आयोगले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन । सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा आयोगले आवश्यक तयारी अघि बढाउने जानकारी गराइसकेको छ । यसअघि २०७४ सालमा वैशाख र असार गरेर २ चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।००००

