काठमाडौं। नेकपा एमालेको प्रदेश महाअधिवेशन सरेको छ। देशभर कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेकाले महाधिवेशन सरेको हो। 

आगामी माघ ८ गतेका लागि तोकिएको प्रदेश महाधिवेशन कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।