कैलाली। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको गाडी कैलालीको धनगढीमा मङ्गलबार साँझ दुर्घटनामा परेको हो।

मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कैलालीका एक प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो ।

विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी कारले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिएपछि अगाडीको भागमा क्षति पुगेको छ । सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको र मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेका छन्।