मन्थली। नेकपा एमाले रामेछापको आठौँ अधिवेशनबाट अध्यक्षमा आनन्द श्रेष्ठ चयन भएका छन्। अध्यक्षका अन्य दुई प्रत्यासी प्रेम बहादुर तामाङ र झम्क कँडेलले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतिका साथ श्रेष्ठ अध्यक्ष बनेका हुन्।

जिल्ला सचिव समेत रहेका श्रेष्ठ आठौं जिल्ला अधिवेशनको बन्दसत्रबाट नेतृत्वका लागि चयन भएका छन्।

अध्यक्षमा श्रेष्ठ चयन भए पनि अन्य पदका लागि भने मतदान भइरहेको छ । उपाध्यक्ष, सचिव र उपसचिवमा सहमति जुट्न नसकेपछि निर्वाचनमा गएको हो । उपाध्यक्षमा ४ जना, सचिवमा २ जना र उपसचिवमा ४ जनाबीच प्रतिस्पर्धा छ । त्यस्तै जिल्ला सदस्यहरु पनि निर्वाचनबाट छानिने छन् ।