काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले आज जिल्लामा अधिवेशन गर्दैछ। नेकपा एमालले देशभरका ७७ वटै जिल्लाको अधिवेशन एकसाथ गर्न लागेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा एक साथ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। विभिन्न कारणले स्थगित गरिएकाबाहेकका जिल्लामा अधिवेशन हुन लागेको नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।
माघ ८ गते प्रदेश अधिवेशन तय गरेको एमालले जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने बताएका छन्।

