काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको बागमती प्रदेश अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन ।
बिहिबार हेटौडामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका कोषाध्यक्ष र रेडियो तामाकोशी ९७.५ मगेहर्जको स्टेशन म्यानेजर समेत हुन ।
कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा राजेश रुम्बा, महिला उपाध्यक्षमा डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिवमा सस्थागत तर्फ राजु नापित, संगठन तर्फको सचिवमा शिशिर दोङ र
कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन । यस्तै, सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ अस्मि, पासाङ शेर्पा, पुर्णबहादुर मगर विशाल, उद्धव कुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ चयन भएका छन । सस्थागत सदस्यतर्फ रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ निर्वाचित भएका छन ।
अधिवेशनले लेखा संयोजकमा राजेन्द्र मानन्धरलाई चयन गरेको छ । लेखा समितिस सदस्यमा दोलख गुरुङ र राकेश चौधरी चयन भएका छन । बाबुकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पनि चयन गरिएको छ । समितिको सदस्यमा रिदेन महर्जन र रसिया श्रेष्ठचयन भएका छन । यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा पुर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामा चयन भएका छन ।


