काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न विभिन्न मन्त्रालयका सचिवहरूलाईनिर्देशन दिनु भएको छ । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरूसँगको  छलफलमा प्रधानमन्त्री देउवालेसरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन गर्न निर्देशन दिनु भएको हो । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराउनु भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनु भएको थियो ।००००