काठमाण्डौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले विना मापदण्ड केन्द्रिय सदस्यहरू नियुक्त गरेको आरोप लगउनु भएको हो । उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताउनुभयो ।
नेता कोइरालाले सभापतिलाई मन पर्ने व्यक्ति मात्रै केन्द्रिय सदस्य छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने भन्दै सेचत हुन आग्रह गर्नुभयो । भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा उहााको जोड थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारीमा पराजितहरुलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले असहमति जनाउनु भएको हो ।००००

