काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी (केन्द्र)को महाधिवेशनले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन्। नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी (केन्द्र)ले कुण्ठित गरेको जनाएका हुन्।
महाधिवेशन प्रतिनिधिहरुले चुन्न र चुनिन नपाउने कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरी तन्त्रमाथि पर्दा हाल्ने चेष्टा भएको उनको बताए।
बुधबार सामाजिक सञ्चाल ट्वीटमार्फत रावलले लेखेका छन्,' माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरितन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।'

