काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा शनिबार स्वतन्त्र, विभिन्न दलका नेता तथा कार्यकर्ता गरी हजारौं प्रवेश गरेका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका-१ याशोक बजारमा जसपाले गरेको एक कार्यक्रमकाबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतबाट उनीहरू जसपामा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्वागत गरे । डा.भट्टराईले भने, ‘पाँचथरको कुम्मायक गापा-१ याशोक बजारमा जसपाको भव्य जनसभा तथा पार्टीप्रवेश कार्यक्रम । विभिन्न पार्टी र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिसहित एक हजार बढी जसपामा प्रवेश ।’




