काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सदस्यहरुले सप्ताह पुराण लगाउन नपाउने भएका छन्।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुने बताएका हुन्।

उनले माओवादी कार्यकर्ताले कोही कसैको मृत्यु हुँदा सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न पनिनपाउने बताए।

कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए। रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले हार्दिक श्रद्धाञ्जली लेख्नुपर्ने बताए।