काठमाण्डौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहनु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा रहनु भएको छ । महामन्त्री पछिको वरीयतामा सहमहामन्त्रीहरू रहेका छन् ।
सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा रहनु भएको छ । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाउनु भएको छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने २० औं वरियतामा रहनु भएको छ ।००००

