झापा। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाकाे अवधारणा ल्याउने पार्टी एमाले रहेको बताएका छन्।
आइतबार झापामा सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले 'खासगरी सामाजिक सुरक्षाकाे अवधारणा हामीले ल्याएका हाैं,जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ पुर्याउने काेशिस गरेका छाैं,ज्येष्ठ नागरिकदेखि एक महिलासम्म ।' उहाँले जेष्ठ नागरिकबाट सुरु गरेकाे समाजिक सुरक्षा भत्ता शारीरिक रुपमा अशक्त भएका व्यक्तिले पनि पाउनेगरी व्यवस्था गरेको बताउनु भएको छ ।
अध्यक्ष ओलीले भाेलि आफूहरु फेरी सरकारमा हुने र सामाजिक सुरक्षाकाे अवधारणालाई अझ व्यापक बनाउने बताउनुभयाे । उहाँले देश बनाउनका लागी नेकपा एमाले सरकारमा हुनैपर्ने बताउनुभयाे । अध्यक्ष ओलीले अपांगताका भएका व्यक्तिलाई कर्तव्यकाे हिसाबले सधैं आफ्नाे सहयाेग रहने बताउनु भएको छ ।

