काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताउनु भएको छ । 

नेकपा माओवादी केन्द्र आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गर्नुभएको हो । महासचिव पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताउनु भयो ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएपनि एकताको जोगाउन नसक्नु ठुलो भुल भएको उहाँको दाबी थियो ।  पोखरेलले जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उहाँले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताउनुभयो ।

उहाँले हालसम्म मुलुकमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको जिकिर गर्नभयो ।