काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष यादवले तराई/मधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता सम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराउनुभयो । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताउनुभयो । अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गर्नुभयो ।