काठमाण्डौं । नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुख समेत रहेका यादव आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेका हुन । उनले आत्महत्या गरेको आशंका गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिनुभयो ।
यादव अहिलेका आईजीपी शैलेश थापा क्षेत्रीको वैकल्पिक रहनु भएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

