काठमाण्डौ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन्।
माअोवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभागका प्रमुख कृष्णबहादुर महराले आज पत्रकारसम्मेलन गर्दै सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभएको हो । सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधिसहभागी हुनेछन्।त्यस्तै,आयोजक समितिबाट १ सय७९ जना, विभिन्न आयोगबाट १ सय७५, सल्लाहकारहरु,जेष्ठ कम्युनिस्ट मञ्चबाट१ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी ५ प्रतिशत मनोनित गरी १ हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागि हुनेछन । सम्मेलनको उद्घाटनका क्रममा कुनै पनि राजनीतिक दल तथा विदेशी प्रतिनिधिहरुलाई नबोलाईने उहाँले बताउनुभयो ।
सम्मेलनको आन्तरिक तयारी अगाडि बढिरहेको भन्दै प्रचार प्रसारका लागि विभिन्न स्थानमा गेट निर्माणदेखि डिस्प्ले बोर्डहरुमा प्रचार सामाग्री प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । प्रदेश सम्मेलन, वडा सम्मेलन, पालिका सम्मेलन सकिएको र प्रदेशको सम्मेलन सकिएर नेतृत्व चयन हुन बाँकी प्रदेशमा पनि सम्मेलन अगाडि नै नेतृत्व चयन भइसक्ने उहाँले बताउनुभयो । राष्ट्रिय सम्मेलनमा अहिलेको अवस्थाको गम्भीर समीक्षा हुनेसमेत उहाँको भनाई थियो ।००००

