काठमाडौं। केन्द्रीय बैंकले २०७९ असारसम्ममा कर्जा निक्षेप (सीडी) अनुपात ९०% भित्रै राख्ने योजना सहितको कार्ययोजना पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संशोधन गर्दै उक्त निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ, ‘२०७९ असारसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।’

तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुनेगरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने निर्देशनमा उल्लेख छ  ।