काठमाण्डौ । एमालेको सूर्य चिह्नबाट चुनाव जितेका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोलेका छन् । त्रिपाठीको पार्टीको नाम जनता प्रगतिशील पार्टी हो ।

त्रिपाठीले आज नयाँबानेश्वरस्थित एभरेष्ट होटलबाट नयाँ पार्टीको घोषणा गरेका हुन् । त्रिपाठीको पार्टीमा इश्वरदयाल मिश्र लगायत छन् ।  

यसअघि २०७४ को निर्वाचनमा नवलपरासीबाट एमालेको सूर्य चिह्नमा प्रतिनिधिसभाको निर्वाचन जितेका त्रिपाठी केपी शर्मा ओलीको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए । 

हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी घोषणा