नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतपत्र सकिपछि मतदान रोकिएको छ ।

मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो । निर्वाचन समितिका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ ।

यसअघि बाँडिएको ३ हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिको भनाइ छ । मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका छन् ।००००