विशाल श्रेष्ठ/ दक्षिण कोरिया
नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षमा इश्वर कठायतलाइ सर्वसम्मत चयन गरेको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा, उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुल प्रसाद दङ्गाल, निर्मला खड्का, खगेन्द्र राज खनाल चयन भएका छन । महासचिवमा प्रविण गिरि, सचिवमा अभिषेक सापकोटा, हिमाल खनाल,राम बहादुर तामाङ, रुद्र थापा, सुबिन्द्र मगर, कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सह कोषाध्यक्षमा एसपी अधिकारी चयन भएका छन । यसैगरी सदस्यहरुमा केवि चाम्लिङ, दिपेन्द्र बहादुर रोकाया, होताराम ओलि, शिव आचार्य, हर्क लिम्बू, राम उपाध्याय, क्रिष्ण प्रसाद न्यौपाने, अर्जुन खत्री, राम सिङ्ह बिष्ट ,धनजित वाइवा चयन भएका छन ।
भर्चुअल माध्यम र सउलमा प्रत्यक्ष उपस्थित भएर कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा माओबादि केन्द्रको केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा रहनुभएको थियो । प्रमुख अथिति शर्मा र निवर्तमान अध्यक्ष दिलिप धितालले नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा पनि पार्टीको नितिनियममा रहेर काम गर्न अनुरोध गर्नुभएको थियो ।


