विशाल श्रेष्ठ /दक्षिण कोरिया
नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मंच दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन भोली हुदैं छ ।
माओवादी केन्द्र प्रवास समन्वय समिति अध्यक्ष क. ओम शर्मा ज्युको प्रमुख अतिथ्यतामा हुने कार्यक्रमा कोभिड महामारीको कारण पुर्ण भर्चुअल माध्यमबाट गरिने संगठनले जनाएको छ । आठौं राष्ट्रिय अधिवेशनको लागि सस्थागत गतिविधि पूरा भइसकेको मंचको अध्यक्ष दिलिप धितालले जानकारी दिए ।
माओवादी पार्टी प्रति आस्था राख्ने युबाहरुलाई संगठित गर्दै जनप्रगतिशिल मन्च कोरियाले कोरिया भर ७ वटा क्षेत्रीय संगठन हरु निर्माण गरिसकेको र सउल,जेजु, बुसान, किम्हे, ख्यङगिदो, आन्सान, ओइजम्बु, ख्वाङ्जु लगायत क्षत्रहरुमा आफ्नो संगठन बिस्तार गरेर तिब्र गतिमा पार्टीको संगठित सदस्यता बितरण गारिएको उनले बताए।
माओवादी केन्द्र र जनप्रगतिशिल मञ्च आवद्ध अग्रज, क्षेत्रीय तथा केन्द्रिय कमिटी सम्पूर्ण महानुभाव, विभिन्न संघ, संस्था, पेशा, व्यवसाय, रोजगारी लगायत विभिन्न क्षेत्र, तह र तप्कामा रहनुभएका सम्पुर्ण ब्याक्तित्वहरुमा उपस्थितिको लागी अनुरोध गरिएको मंचको सचिव वाइ.बि. मगरले जानकारी दिनुभयो ।
कार्यक्रम भोली अर्थात डिसेम्बर १२ तारीखको बिहान ११ बजे सउल जोङ्गाक गेट न 4 एन आर एन ए हलमा हुने बताईको छ ।


