काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश तथा विभिन्न आन्दोलनका उपलब्धिलाई सम्बोधन गर्ने गरी संविधानलाई अविलम्ब संशोधन तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका १४ औँ महाधिवेशन उद्घघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने समेत बताए।
विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुने उनको भनाइ थियो। उनले भने, ‘लोकतन्त्रका लागि नेपाली जनताले फेरि आन्दोलन गर्न नपर्ने निश्चितता कायम हुन सक्छ।’

