काठमाडौं। नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल अब औपचारिक रुपमै राजनीतिमा आउने भएका छन्।

खरेलले शुक्रबार एक भेलामार्फत् पार्टी गठनको घोषणा गर्दै छन्।

खरेलको नेतृत्वमा नेपाल सुशासन पार्टी गठन हुन लागेको हो। ‘नेपाललाई समृद्ध, सफल र शक्तिशाली देश बनाउने थुप्रै सम्भावनाहरु छन्’, खरेलले भने, ‘तर, हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन। तसर्थ सबै नेपालीको मर्म बुझ्न सक्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्न सक्ने, मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न भेला आयोजना गरेका छौं।’ खरेलले प्रस्तावित यो पार्टीका नाममा अभियान पनि चलाउँदै आएका छन्। अहिले उनी सो पार्टीको संयोजकको रुपमा रहेका छन्। May be an image of 1 person and text