सिन्धुली। नेकपा एकिकृत समाजवादी पार्टी  सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. -६ को वडा कमिटी गठन गरेको छ। पार्टीले मंगलबार राजिब सापकोटाको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो।

समाजवादी पार्टीको पार्टी कार्यालयमा सम्पन्न भेलाले सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको सिन्धुली जिल्ला इन्चार्ज शान्ता पाख्रिनले बनाउनु भयो। कमिटीको उपाध्यक्षमा सरिता श्रेष्ठ र फणिन्द्र गुप्ता, सचिवमा सपुत सुनुवार, सह-सचिवमा सर्मिला तामाङ रहेका छन्।

समाजवादी पार्टीले अहिले जिल्लाका सबै वडाहरूमा कमिटी निर्माण तथा संगठन विस्तारको काम थालेको छ।