काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनको अध्यक्ष पदमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम बहिस्कार गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । तर, उक्त सपथ समारोहमा थापासँगै उनीनिकट केही केन्द्रीय सदस्यले शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।
शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार लिङ्देनले एक हजार ८१७ मत र थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ५३१ मत बदर भएको थियो ।


