सिन्धुली। नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको १३ औँ जिल्ला अधिवेशनबाट डा. हरिप्रसाद पोखरेल अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबारदेखि सिन्धुलीमाढीमा जारी अधिवेशनमा भएको मतदानमा पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्। 

सर्वसम्म हुन नसकेका पदहरू अध्यक्ष, खुल्ला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र जनजाति समावेशी पदका लागि भएको निर्वाचनमा उपाध्यक्षमा तुल्सीराम पोखरेल, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा नवराज पौडेल र समावेशी तर्फ खेल बहादुर पूर्वछाने निर्वाचित भएका छन्। उपाध्यक्षमा प्रतिद्वन्दी बल बहादुर भुजेल, सचिवका प्रतिद्वन्दी रामकुमार थापा, कोषाध्यक्षका प्रतिद्वन्दी लक्ष्मण रिमाल र समावेशी सदस्यका प्रतिद्वन्दी सम्बर बहादुर बम्जन रहेका थिए। 

तेह्रौँ जिल्ला अधिवेशनबाट २२ सदस्यीय जिल्ला जिल्ला कार्यसमिति गठन भएको छ। जसमा अध्यक्ष - डा हरिप्रसाद पोखरेल, उपाध्यक्ष - अभिलाषा कोइराला, उपाध्यक्ष - तुलसीराम पोखरेल, सचिब - रमेश कार्की, सह सचिब - मेनुका सुवेदी, कोषाध्यक्ष - नवराज पौडेल, सह कोषाध्यक्ष - मिना आचार्य, सदस्यहरुमा सारदा ढुंगेल, डिल्लीराम फुयाल, दीपक बुढाथोकी, मीन प्रसाद भट्टराई, धन बहादुर थापा, बिदुर फुयाल, राजन बराल, कृष्ण राज आचार्य, नवीन सुनुवार, प्रेम प्रसाद पहाडी, गोमा कुमारी पहाडी, होम कुमारी थापा, देवका काफ्ले, सीता बिक, खेल बहादुर पुर्बछाने र बज्र किशोर यादब रहेका छन्।