काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पाेर्टी नेपाल (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। उनले राप्रपाका पूर्व अध्यक्ष कमल थापालाई हराउँदै आफू निर्वाचित भएका हुन्।
हिजो राति अबेरसम्म मतदान जारी रहेको थियो र त्यसको आज बिहान आएको मत परिणाम अनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन्। भने अध्यक्षका अर्का उम्मेदवार कमल थापाले एक हजार छ सय १७ मत ल्याए पछि उनी निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार चार सय १३ मत बदर भएको छ। अबेर राति सुरु भएको मतगणनामा लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता कायम राखेका थिए।
मत परिणाम आएपछि अध्यक्षका प्रतिद्वन्दी कमल थापाले पराजय स्वीकार गर्ने बताएका छन्। बिहान सबेरै ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई दिएका छन्। उनले ट्वीटर मार्फत लेखेका छन् ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’।
त्यस्तै उनले ट्वीटरमार्फत भनेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

