काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समेशेर जबरा अरु न्यायाधीशलाई कायममुकायम नदिने उद्येश्यकासाथ अस्पतालबाट जबरजस्ती डिस्र्चाज भएको आरोप लगाउनु भएको छ । 

आज सर्वोच्च अदालत परिसरमा जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना पोजेटिभ भएको अवस्थामा पनि स्वास्थ्य प्रोटिकल पालना नगरी अरु न्यायाधीशलाई कायममुकायम नदिनका लागि जबरजस्ती डिस्र्चाज भएको आरोप लगाउनु भएको हो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएको पाँच दिनमा नै डिस्चार्ज भएर न्याय सम्पादनको काम गर्नु गलत भएको भन्दै यस्तो गलत कामले आगामी दिनमा सर्वोच्च अदालतमा नराम्रो नजिर बस्ने जिकिर गर्नुभयो । बाइट– चण्डेश्वर श्रेष्ठ

अध्यक्ष श्रेष्ठल प्रधानन्यायाधीश जबराले संविधानको धारा १२९ को उपधारा ६ बमोजिम कुनै कारणले प्रधानन्यायाधीशले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा सर्वोच्च अदालतमा उपस्थिती हुन नसकेमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशले कायममुकायम भएर काम गर्ने सक्ने व्यवस्था रहेको स्मरण गराउँदै बारले यो विषयमा अगाडि नै ध्यानाकर्षण गराएको प्रष्ट पार्नुभयो ।