काठमाण्डौ । नेकपा एमालेले सरकारले आगामी मंसिर २८ गते बोलाएको संघीय संसदबैठक अवरुद्ध गर्ने संकेत गरेको छ । 

आज एमालेको केन्द्रिय कार्यालयमा दोस्रो पटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गर्नुभएको हो । एमालेले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर संसद चल्न नसक्ने उहाँको भनाई थियो । सभामुख अग्नि प्रसाद सापकोटाको भुमिका निष्पक्ष हुनपर्नेमा उहाँको जोड थियो । बाइट– केपी ओली

एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो । अध्यक्ष ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलेको समेत आरोप लगाउनुभयो । अब चाँडै आमचुनावमा जानुको विकल्प नरहेको उहाँको जिकिर थियो । फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाउनु भयो ।००००