चितवन। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। सर्वसहमति हुन नसकेपछि भएको निर्वाचनमा ओली १ हजार ९०० मतका साथ पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।
१० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा अध्यक्षका प्रतिस्पर्धी डा. भीम रावललाई हराउँदै ओली पुन: अध्यक्ष निर्वाचित भएका हुन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार औपचारिकरुपमा मत परिणाम सार्वजनिक गर्न केही समय लाग्ने बताएका छन्। यद्यपी पछिल्लो अपडेट अनुसार खसेको २०९६ मत मध्ये ओलीलाई १९०० मत र भीम रावललाई १९६ मत प्राप्त भएको छ ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

