चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म एक हजार ४ सय मतदाताले मतदान गरिसकेका छन् ।
२हजार १ सय ७५ मतदाता मध्ये हालसम्म १४ सयले मतदान गरिसकेको निर्वाचन समितीले जनाएको छ । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।
एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा। सुब्बाले जानकारी दिए । उनका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ । मतगणना सुरु गरेको करिब तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने उनको भनाइ छ ।

