चितवन। नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा हिजो पदाधिकारीसहित कमिटी चयनका अध्यक्षमण्डलमा ओलीले जिम्मेवारी पाएसँगै नेताहरूको कार्यविभाजन सूची तयार पारेका छन्। अध्यक्ष ओलीले पदिय भागवण्डा सहितको सूची आज बन्द सत्रमा पेश गर्ने तयारी गरिएको एक नेताले बताएका छन्।
ओलीले तयार गरेको कार्यविभाजन सूचीमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीको नाम समावेश गरेका छन्।
अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले उम्मेदवारी फिर्ता नलिए हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको निकट स्रोतले बताएको छ। बाँकी आकांक्षीहरूले उम्मेदवारी दिने र चुनाव लड्ने घोषणा गरेका छैनन् ।

