चितवन। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा चितवन आउने भएका छन्। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा उद्घाटन सत्रलाई सम्बोधन गर्न १० गते मध्यान्ह चितवन आउने भएका हुन्।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार प्रधानमन्त्री देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने र हाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे फर्कनेछन् । उनी हेलिकोप्टरमार्फत आउने कार्यक्रम रहेको छ।

यस अलबा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी लोकतान्त्रिकका महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने तय भइ सकेको र अन्य देश तथा विदेशबाट आउने अतिथि नेताहरूको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिने आयोजकले जनाएको छ।