रस्नालु। नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)ले नामडीमा वडा कमिटी गठन गरेको छ। नामडीमा सम्पन्न वडा भेलाले दिप बहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन गरेको हो ।
बुधबार (आज) गोकुलगंगा गाउँपालिकाको वडा नं. -५ नामडीमा प्रमुख अतिथि बागमती प्रदेशका कमिटि सदस्य प्रेम कुमार कार्की सेवकको उपस्थितिमा बसेको वडा भेलाले खड्काको अध्यक्षतामा २९ सदस्यिय कमिटि गठन गरेको हो । उपाध्यक्षमा ग्याल्बु तामाङ र कोषाध्यक्षमा निर्मला विक चयन हुनुभएको छ। यस्तै सचिवमा अभिशेक भुजेल, सह-सचिवमा सम्भु नेपाली चयन हुनुभएको गाउँपालिका कार्यालय सदस्य जनक खड्काले जानकारी दिनुभयो । भेलामा गाउँपालिका सचिवालय सदस्य विष्णु कार्की, गाउँपालिका कार्यालय सदस्य जनक खड्का र गुञ्ज खड्का, निवार्चन क्षेत्रका सदुय राजकुमार बस्नेतको सहभागिता रहेको थियो ।
