काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै देशभर कुल सङ्क्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने १ लाख ९९ हजार २४ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना सङ्क्रमण मुक्त हुने संख्या संख्या ५ हजार ६९९ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ ।

