काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। सोमबार(आज) अपरान्ह ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने स्रोतले जनाएको छ। विधानअनुसार केन्द्रीय कमिटीबाट ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन हुने व्यवस्था छ। स्थायी कमिटी बैठकले मनोनित हुने प्रतिनिधिहरुको नाम छलफल गरी अनुमोदन गर्नेछ। एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

