काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले आफूले १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी चितवनमा सम्पन्न हुने महाधिवेशनमा आफुले अध्यक्षका लागि उम्मेदवारी दिने बताएका हुन्। 

पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष भिम रावलले १५ बुँदे धारणा सहित आफूले अध्यक्षका लागि उम्मेदवारी दिने  बताएका हुन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले हाधिवेशन आन्तरिक एकता र समझदारीको थलो हुनुपर्ने भएपनि अझै बाधाव्यधान र संका कायमै रहेको बताए। पत्रकार सम्मेलनमा उपाध्यक्ष रावले आफूलाई कार्यायमा उम्मेदवारी घोषणा गर्ने ठाउँ समेत नदिएको गुनासो गरेका छन्।