काठमाडौं। एमालेका उपाअध्यक्ष भीम रावलले १० औँ राष्ट्रिय अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने बताएका हुन्।
उनी निकट स्रोतका अनुसार राजधानीमा आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्। रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ। चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने लागेका हुन्। एमाले संस्थापन पक्षले चितवनमा हुने १० औँ महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ।

